थप ८८ जनामा काेराेना पुष्टि

थप ८८ जनामा काेराेना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ८८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरेर आठ हजार ६ सय ३८ जनाको नमुना परीक्षण गर्दा ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा तीन सय ७६ जना सङ्क्रमणमुक्त भएका छन् । याे सहित काेराेनाबाट निकाे हुनेकाे सङ्ख्या नौ लाख ५९ हजार चार सय ६९ जना पुगेको छ । अहिले ६ हजार एक सय ५० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ३३ हजार आठ सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार