रुकुम पश्चिममा जारी स्मार्ट लकडाउन हटाइयो

रुकुम पश्चिममा जारी स्मार्ट लकडाउन हटाइयो

मुसीकोट । कोरोनाको महामारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण घट्दै गएपछि फागुन २६ गतेदेखि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले लगाएको कोभिड सम्बन्धीका सबै प्रतिबन्ध हटाइयो हो ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रिपरिषद) बाट भएको निर्णयहरु, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८, संक्रमण रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ समेत दिएको अधिकार प्रयोग गरी रुकुम पश्चिममा स्मार्ट लकडाउन जारी गरिएकोले पछिल्लो समय कोभिड-१९ को संक्रमण घट्दै गएपछि स्मार्ट लकडाउन हटाएको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले एक सूचना जारी गर्दै हाल कोभिड–१९ को संक्रमण घट्दै गएको भन्दै २०७८/११/२६ गते देखि लागू हुनेगरी प्रचलित कानून बमोजिमका राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यवसायिक लगायतका क्रियाकलापहरु प्रचलित स्वास्थ्य मापदण्डको पालना गरी गराई नियमित रुपमा संचालन गर्न , गराउन यस अघि जारी भएका आदेशहरुमा भएका प्रतिबन्धात्मक व्यवस्थाहरु पूर्ण रुपमा हटाइएको जनाएको छ ।

यस्तै कोरोना महामारीको कठिन समयमा जारी आदेशको परिपालना गरी संक्रमण रोकथाममा सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय द्धारा जारी सूचना :

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार