खलंगामा सहकारी लेखा व्यवस्थापन तालिम

खलंगामा सहकारी लेखा व्यवस्थापन तालिम

मसीकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सहकारी लेखा व्यवस्थापन सम्बन्धी तालिम शुरु भएको छ । नगरपालिका अन्तर्गत सहकारी शाखाको आयोजनामा सहकारी लेखा व्यवस्थापन सम्बन्धी ७ दिने तालिम शुरु भएको हो ।

नगर क्षेत्रभित्र रहेका सहकारी संस्थाहरुको लेखा व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाई खाता ब्यबस्थापनमा प्रभावकारी हिसाबले अगाडी बढाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताइएको छ ।

तालिमको प्रशिक्षण जिल्ला सहकारी संघका अध्यक्ष नर बहादुर खड्का र व्यवस्थापक रमेश खड्काले गर्नुभएको छ । तालिमको ब्यबस्थापन सहकारी शाखाका सहायक चौथो लोक बहादुर केसीले गर्नुभएको छ ।

बुधबार देखि सुरु भएको तालिम आगामी चैत १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । तालिममा नगर क्षेत्रभित्र रहेको सहकारी संस्थाका अध्यक्ष तथा लेखा व्यवस्थापकहरु गरेर २५ जनाको सहभागिता रहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार