चौरजहारीमा एसईई टेस्ट परीक्षा चैत्र ६ गतेदेखि

चौरजहारीमा एसईई टेस्ट परीक्षा चैत्र ६ गतेदेखि

मुसीकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आउँदो चैत ६ देखि १३ गतेसम्म एसईई टेस्ट परिक्षा संचालन हुने भएको छ ।

नगरपालिका अन्तरगत सामुदायिक तथा संस्थागत बिद्यालयका प्रधानध्यापकहरुको बैठकको निर्णय अनुसार चैत ६ गते बिहान ७ बजेदेखी  परीक्षा संचालन हुनेछ।

चैत ६ गते पहिलो दिन आइतबार अनिवार्य अङ्ग्रेजी ७ गते अनिवार्य नेपाली ८ गते अनिवार्य गणित, ९ गते अनिवार्य बिज्ञान १० गते अनिवार्य सामाजिक ११ गते अनिवार्य जनसंख्या तथा बाताबरण शिक्षा संचालन हुने शिक्षा युबा तथा खेलकुद शाखा चौरजहारीले जानकारी दिएको छ ।

त्यस्तै चैत १२ गते शनिबार ऐच्छिक प्रथम र १३ गते ऐच्छिक दृतिय हुने शिक्षा शाखाले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार