तीन महिनापछि माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले पूर्णता पायो

तीन महिनापछि माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले पूर्णता पायो

सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले तीन महिनापछि पूर्णता पाएको छ। कर्णाली प्रदेश अध्यक्ष बिमला केसी सर्वसम्मत चयन भएको तीन महिनापछि प्रदेशको ९ सदस्यीय पदाधिकारी शुक्रबार टुंगो लागेको हो।

केसी अध्यक्षमा गत मंसिर २९ गते सर्वसम्मत रुपमा चयन हुनुभएको थियो। शुक्रबार बसेको प्रदेश कमिटी बैठकले ९ सदस्यीय पदाधिकारी चयन गरेको हो।

जसको उपाध्यक्षमा कर्णबहादुर बुढाथोकी, कृष्ण जिसी, ढरवीर राना, सचिवमा धनजित शाही चयन भएका छन्। यस्तै, सहसचिवमा वीरबहादुर कुँवर, विर्खबहादुर थापा, लालकेश जैसी र कोषाध्यक्षमा मालबहादुर रोका चयन भएका छन्।

प्रदेश सचिवालय ९ सदस्यको बनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार