मुसीकोट । नेपाल दलित संघ बाँफिकोट गाउँपालिकाको प्रथम पालिका अधिबेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको अधिबेशनबाट दत्त बहादुर विकलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो।
७१ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा दिलिप परियार र तिल कुमारी परियार सचिव हेमराज नेपाली, सह-सचिव रामशरण विक र कोषाध्यक्षमा सुनिल विक चयन हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अथिति एवं नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभापति हर्क सिं खत्रीले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिदै अब हुने स्थानीय चुनाव नेपाली कांग्रेसलाई जिताउनको लागि यो कार्य समिति महत्त्वपूर्ण भुमिका रहेन आफ्नो कांधको जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको हो ।
अबको स्थानीय चुनाव कांग्रेसले जितेमा अहिलेको स्थानीय सरकारले जनतालाई दिदै आएको सास्ती अन्त्य गर्ने बताउनुभयो । उहाँले भन्नुभयो अहिलेको स्थानीय सरकारले जेष्ठ नागरिक भत्ता बालबालिकाको पोषण भत्ता बैंकमा खाता खोल्न लगायर जेष्ठ नागरिकलाई दुख दिएको भन्दै आफनो पार्टीको सरकार भएमा घरघरमा आएर वितरण गर्ने बताउनुभयो ।
यस्तै गाउँपालिकाले करारमा रहेका शिक्षकहरुको श्रमशोषण गरिरहेको भन्दै कांग्रेसको स्थानीय सरकार बनेमा पाउनु पर्ने दरबन्दी अनुसारको तलब भत्ताको व्यवस्थापन गर्ने दिने भनाई राख्नु भएको थियो ।
कार्यक्रमका बिशेष अतिथि नेपाली कांग्रेस महासमिति सदस्य तिलक भण्डारीले आगामी बैशाख हुने स्थानीय चुनावमा देशभरी कांग्रेस कसैसँग गठबन्धन नगर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका सचिब तारक बहादुर शाही, बाँफिकोट गाउँपालिका सभापति जनक कुमार बाँठा, नेपाली काँग्रेस कर्णाली प्रदेश प्रतिनिधि कमला केसी लगायका नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो ।
कार्यक्रमको सञ्चालन बाँफिकोट गाउँपालिका सचिब देब बहादुर कुसारीले गर्नुभएको थियो भने बाँफिकोट ६ नम्बर वडा सभापति तिर्थे खत्रीको रहेको थियो ।