कांग्रेस रुकुम पश्चिमको चुनावी अभियान सुरु

एक महिने चुनावी अभियान

कांग्रेस रुकुम पश्चिमको चुनावी अभियान सुरु

एक महिने चुनावी अभियान

अभियानको उद्घाटन गर्दै केन्द्रिय सदस्य शुशिला थिङ ।

मुसीकोट । नेपाली कांग्रेस रुकुम पश्चिमले आज (आइतबार) देखि  ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरेको छ ।

पार्टिको केन्द्रिय सर्कुलर अनुसार आज मुसीकोटमा रहेको नेपाली काँग्रेसको पार्टि कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अभियानको उद्घाटन गरिएको जनाइएको छ ।

अभियानको नेपाली काँग्रेस केन्द्रिय सदस्य शुशिला थिङले उद्घाटन गर्नुभएको छ । अभियानको निम्ति केन्द्रीय कार्यालयले केन्द्रीय सदस्य शुशिला थिङलाई एक महिनाको लागि रुकुम पश्चिममा खटाएको हो।

घर दैलोमा पुगेर जनतालाई कांग्रेसमा लाग्न उत्साहित गराउने, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि र वामपन्थीहरुले गलत भ्रम फिजाएको एमसीसीबारे जनतालाई प्रस्ट पार्ने अभियानको मुख्य उद्देश्य रहेको केन्द्रीय सदस्य शुशिला थिङले बताउनुभयो ।

अभियानका लागि जिल्लाको ७३ वटै वडामा जिल्ला कार्यसमितिका पदाधिकारी महाधिवेशन र महासमिति प्रतिनिधि खटाइएको नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लाबाट खटाएका प्रतिनिधि एक महिनासम्म वडामै बसेर कांग्रेस जनमत बटुल्न घरदैलो कार्यक्रम गर्नेछन ।

अभियान अवधिभरमा सबै पालिकाहरुमा कार्यकर्ता भेटघाट, प्रशिक्षण, पार्टी तथा भातृ संस्थाका समितिहरु समेत पुर्नगठन गरिने छ ।

अभियान उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य शुशिला थिङ, नेपाली काँग्रेसका नेता एवं पूर्व राज्य मन्त्री गोपाल जि जंग शाह, नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य सिता ओली, जिल्ला उपसभापति हर्क सिं खत्री, सह सचिब प्रेम खड्का, प्रदेश ‘क’ का सभापति महेन्द्र केसी, महाधिबेशन प्रतिनिधि गोर्खबहादुर खत्री लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार