निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी

निर्माण व्यवसायीहरूको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह विजयी हुनुभएको छ। महासंघको २३औं साधारण सभाबाट ८०७ मत प्राप्त गरी सिंह विजयी हुनुभएको हो। उहाँ नेपाली कांग्रेस निकट व्यावसायीको रुपमा परिचित हुनुहुन्छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी निकोलस पाण्डेले ३४२ र अर्का अध्यक्षका उम्मेदवार हुमनाथ कोइरालाले ३२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा एडी लामा ५६३ मतसहित विजयी हुनुभएको छ ।

प्रतिस्पर्धी रहेका धिरेन्द्र कुमार दाहालले २८९ र लक्ष्मण रानाले २७३ मत प्राप्त गर्नुभयो । यसैगरी प्रदेश उपाध्यक्षहरूमा प्रदेश १ मा मोहनप्रकाश अधिकारी, मधेश प्रदेशमा शम्भु ठाकुर, बागमती प्रदेशमा बालकृष्ण थापा, गण्डकी प्रदेशमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेशमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेशमा प्रकाश बहादुर सेठी विजयी भएका छन् ।

त्यस्तै महासचिवमा रोशन दाहाल ७१९ मतसहित विजयी हुनुभएको छ। उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे विजयी हुनुभएको छन् भने उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया विजयी हुनुभयो ।

यस्तै, कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्ष सन्तोष शाह विजयी हुनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार