विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

मुसीकोट । विभिन्न पार्टि परित्याग गरी पाँच जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस रुकुम पश्चिमको पार्टि कार्यालयमा एक कार्यक्रमका बिच नवप्रबेसीहरुलाई प्रबेश गराइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी रुकुम पश्चिमका जिल्ला सदस्य गणेश केसी र उहाँको श्रीमती दिपा नाथ केसीले नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको हो ।

यस्तै नेकपा माओवादी केन्द्र समर्थक मुसीकोट नगरपालिका वडा नम्बर २ का टिकाराम शर्मा पनि नेपाली कांग्रेसमा प्रबेश गरेको नेपाली काँग्रेस मुसीकोट नगर समिति सचिव सुर्य प्रकाश शर्माले जानकारी दिनुभयो ।

नवप्रवेशी तीनैजनालाई नेपाली काँग्रेस केन्द्रिय सदस्य शुशिला थिङ, नेपाली काँग्रेसका नेता एवं पूर्व राज्य मन्त्री गोपाल जि जंग शाह, नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य सिता ओली, जिल्ला उपसभापति हर्क सिं खत्री, नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र ‘क’ का सभापति महेन्द्र केसीले टिका लगाएर स्वागत गर्नुभएको बताईएको छ ।

यस्तै जिल्लाको त्रिबेणी गाउँपालिका वडा नम्बर ८ का सन्दिप खड्काले नेकपा माओवादी केन्द्र र सोहि वडाका सिबराज ओलिले नेकपा एमाले पार्टि परित्याग गरेर नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।

उनीहरुलाई नेपाली कांग्रेस रुकुम पश्चिमका कोषाध्यक्ष मोहबिर खड्का, त्रिबेणी गाउँपालिका सभापति दिपेन्द्र कुमार ओली लगायतका नेताहरुले टिका र खादा लगाएर स्वागत गर्नुभएको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार