रुकुमकोट । नेकपा एमाले रुकुम पूर्वको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।
टोपबहादुर ओलीको अध्यक्षतामा ९५ सदस्यीय नयाँ जिल्ला कार्ससमिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा दामप्रसाद श्रेष्ठ, सचिवमा गोपाल रेउले, उपसचिवमा भावना विसी र तेजेन्द्र बुढा चयन हुनुभएको छ ।
रुकुमकोटमा फागुन २७ गते आठौँ जिल्ला अधिवेशनको नेकपा एमाले केन्द्रिय कमिटी सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले उद्धघाटन गर्नुभएको थियो ।