निजामती कर्मचारी संगठनको अध्यक्षमा कोइराला चयन

निजामती कर्मचारी संगठनको अध्यक्षमा कोइराला चयन

नेकपा एमालेनिकट कर्मचारीहरूको संस्था नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला निर्वाचित हुनुभएको छ । काठमाडौंमा भएको ११ औं अधिवेशनबाट सर्वसम्मत रुपमा कोइराला अध्यक्ष हुनुभएको हो ।

उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवमा जीवन काफ्ले चयन भए भने उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी चयन भएका छन्।

सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी चयन हुँदा कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरिएको संगठनले जनाएको छ।

अधिवेशन गत फागुन २८ मा नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार