आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घट्यो

आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घट्यो

आज सुन-चाँदीको मूल्य घटेको छ।

मंगलबार सुन प्रतितोला एक हजार आठ सय रुपैयाँ घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा करोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय सुन-चाँदीको मूल्य लगातार घटिरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार