रुकुम पश्चिममा उपभोक्ता अधिकार दिवसको अवसरमा अन्तरक्रिया

विश्व उपभोक्ता दिवस-२०७८

रुकुम पश्चिममा उपभोक्ता अधिकार दिवसको अवसरमा अन्तरक्रिया

विश्व उपभोक्ता दिवस-२०७८

मुसीकोट । विश्व उपभोक्ता अधिकार दिवस आज रुकुम पश्चिममा अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको आयोजनामा मुसिकोटमा ‘सुरक्षित र समावेशी बिद्युतिय कारोबार : उपभोक्ताको अधिकार’ भन्ने नाराका साथ सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले गुणस्तर नभएका उपभोग्य वस्तुहरु बिक्रि भैरहेको गुनासो आउने गरेकोले त्यसको अनुगमन तथा कारबाहि आवश्यक रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले ऐन, नीति नियमहरु विपरित उपभोग्य सामाग्रीहरु बिक्रि बितरण भएको पाईएमा प्रशासन कार्यालय तथा स्थानीय सरकारलाई सूचना दिन अनुरोध गर्नुभयो । उहाँले उपभोक्ता आफै पनि सचेत र जागरुप भएमा गुणस्तरहिन वस्तुको उपभोग गर्नुनपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुनले उपभोग्य बस्तुको मापन, गुणस्तर, बजार भाउ तथा उपभोक्ताको हक, हित र संरक्षणका सम्बन्धिका ऐन तथा नीति नियमका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले सबै व्यक्ति उपभोक्ता भएकोले उपभोग्य सामान किन्दा सचेत हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक ध्रुबकुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्का, रुकुम उद्योग बाणिज्य संघका अध्यक्ष पहल बहादुर खड्का, नागरिक समाजका अगुवा मिनबहादुर पुन, बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुनले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार