डीआईजी पन्त, सिंह र धानुक एआईजीमा बढुवा सिफारिस

डीआईजी पन्त, सिंह र धानुक एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका तीनजना डीआईजीहरु एआईजी बढुवामा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु रविन्द्र धानुक,वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको हो ।

सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले एआईजी बढुवा गर्नेछ । यसअघि सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थपेको थियो । हाल नेपाल प्रहरीमा जनपदतर्फ पाँच एआईजी छन् । तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।

एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् । पन्त आईजीपीकै ब्याची हुन । उनकी आईजीपीसँगै अवकाशमा जानेछन् ।

आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीसँगै अन्य डीआईजीहरुले पनि अवकाश पाउनेछन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार