मुसीकोटका विद्यालयमा चैत २८ देखि बैशाख ७ गतेसम्म परीक्षा हुने

मुसीकोटका विद्यालयमा चैत २८ देखि बैशाख ७ गतेसम्म परीक्षा हुने

मुसीकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका क्षेत्रमा सञ्चालित सम्पूर्ण बिद्यालयहरुको बार्षिक परिक्षा आगामी चैत २८ गतेदेखि सञ्चालन हुने भएको छ ।
नगरपालिका क्षेत्र अन्तरगत सञ्चालित बिद्यालयका प्रधानाध्यापकहरुको २८औं बैठकले यस्तो निर्णय गरेको हो ।

नगरपालिका क्षेत्रमा सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरुको शैक्षिक शत्र २०७८ को बार्षिक परिक्षा एकसाथ आगामी चैत २८ गतेदेखि बैशाख ७ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको नगरपालिका अन्तरगत शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख एबं शिक्षा अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार कक्षा ४ देखि ९ सम्मको बार्षिक परिक्षा एकसाथ गर्ने र त्यसको सञ्चालन तथा ब्यबस्थापनका लागि १३ सदसीय परिक्षा सञ्चालन तथा ब्यबस्थापन समिति समेत गठन गरिएको छ ।

बैठकले बार्षिक शैक्षिक पात्रो २०७९ र शैक्षिक स्मारिका २०७९ प्रकाशन गर्ने र त्यसको पूर्व तयारीका लागि शिक्षा, युवा तथा खेलकुद शाखालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

नगरप्रमुख देबिलाल गौतमको अध्यक्षतामा सम्पन्न प्रधानाध्यापकहरुको बैठकमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुन, सामाजिक विकास समितिका संयोजक शुसिल गौतम, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख एबं शिक्षा अधिकृत बिनाराम खड्का, नगरपालिकामा कार्यरत सहायक पाचौं कृष्ण बहादुर खत्री लगायत नगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरुका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । बैठकको सञ्चालन आधारभूत बिद्यालय सतिपोलेका प्रधानाध्यापक कबिता बिष्टले गर्नु भएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार