चौरजहारी र जाजरकोटको कुदु जोड्ने निर्माणाधीन मोटरेबल पुल अलपत्र

पुल १० वर्षदेखि अलपत्र

चौरजहारी र जाजरकोटको कुदु जोड्ने निर्माणाधीन मोटरेबल पुल अलपत्र

पुल १० वर्षदेखि अलपत्र

रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी नदीस्थित निर्माणाधिन अलपत्र पुल ।

मुसीकोट । निर्माण कम्पनीको चरम लापरबाहीले पूर्व पश्चिम जोड्ने वैकल्पिक राजमार्गमा निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको छ । मध्यपहाडि राजमार्गको जाजरकोट कुदु र रुकुम पश्चिमको चौरजहारी जोड्ने भेरी नदीमाथि बन्नु पर्ने पुल निर्माण कार्य अलपत्र परेको छ ।

२०६९ मा पुल निर्माणको ठेक्का सम्झौता गरिएको थियो। निर्माण कार्यको जिम्मा लिएको वाइपी कन्ट्रक्सन प्राली ललितपुरको लापरबाहीले अहिलेसम्म दुईवटा पिलरको आधा काम पनि भएको छैन ।

१३ करोड ४७ लाख लागतमा उक्त पुल निर्माणको ठेक्का पाएको वाइपीले ३ वर्षभित्रमा पुल निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। पिलर ठड्याउने डिजाइन नमिलेको बहाना गराएर निर्माण कम्पनीले काम बीचमै अलपत्र छोडेको छ।

स्रोका अनुसार निर्माणको जिम्मा लिएका ठेकेदार राजु श्रेष्ठको मृत्यु भएपछि पुल निर्माणको काम लामो समयदेखि रोकिएको बताइएको छ ।

पुल निर्माणमा भएको ढिलाई बारे उजेली न्यूजले सोधेको प्रश्नमा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आफु जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आएको दिनमै सम्बन्धित निकायबाट निर्माणधिन अलपत्र पुलको अवस्था बारेमा जानकारी लिएको र तत्कालै काम सुरु गराउन निर्देशन दिएको प्रतिक्रिया दिनुभयो ।

लामो समयदेखि पुल नबन्दा व्यापार व्यवसायमा समेत असर परेको स्थानीय यदु आचार्यले बताउनु भयो। उहाँका अनुसार छिटोछरीतो पुल निर्माणका लागि सम्बन्धित पक्षलाई पटकपटक अनुरोध गरेता पनि अहिले सम्म पुल बनाउने काम सुरु भएको छैन ।

एक सय मिटर लम्बाइ रहेको उक्त पुल नबन्दा स्थानीयहरु सकसपूर्ण लामो यात्रा गर्न बाध्य भएका छन् । त्यस्तै पुल निर्माणको काम अलपत्र पर्दा चौरजहारीमा नयाँ सहर निर्माण आयोजनाको काम समेत प्रभावित बनेको छ ।

मध्यपहाडि लोकमार्ग आयोजनाले जाजरकोट र रुकुम खण्डमा कालो पत्रेको काम अन्तिम चरणमा पुगेको छ । तर, पुल नबन्दासम्म रुकुम–जाजरकोट सीधा यातायात सम्बन्ध विस्तार हुन सकेको छैन । यसबाट दुवै जिल्लाको विकास निर्माणमा ठूलो बाधा पुगेको बताइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार