पहिलोपटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान चलाइँदै

पहिलोपटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान चलाइँदै

सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ ।

नियमित खोप कार्यक्रममा राखेर स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आउँदो चैत २५ देखि वैशाख १८ गतेसम्म सो खोप अभियान सञ्चालन गर्न लागेको हो ।
यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिए पनि अभियानका रूपमा पहिलोपटक खोप दिन लागिएको शाखाप्रमुख सागर दाहालले जानकारी दिनुभयो ।

 

त्यसका लागि प्रदेशस्तरमा स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको दाहालले जानकारी दिनुभयो । ग्लोबल भ्याक्सिन अलायन्स (गाभी)को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गर्न लागेको हो ।
। यो खोप विद्यालयमै दिइने खोप शाखाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार