इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल लिटरको १५५ रुपैयाँ

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल लिटरको १५५ रुपैयाँ

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरातिदेखि लागु हुने गरी डिजेल मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो बढाएको छ ।

नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८ रुपैयाँ पर्छ ।

हवाई इन्धनतर्फ आन्तरिकतर्फ १५ रुपैयाँ बढेको छ र प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ भने अन्तराष्ट्रियतर्फ प्रति किलोलिटर २०० डलर बढेको छ ।

खाना पकाउने एलपी ग्यासको मूख्य भने बढेको छैन ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार