सरकारी कर्मचारीका छोराछोरीले ५ लाख रुपैयाँसम्म पढाइ खर्च पाउने

सरकारी कर्मचारीका छोराछोरीले ५ लाख रुपैयाँसम्म पढाइ खर्च पाउने

सरकारले निजामती कर्मचारीका छोराछोरीलाई अध्ययनका लागि ५ लाख रुपैयाँसम्म खर्च उपलब्ध गराउने भएको छ।

कर्मचारीका सन्ततिलाई शैक्षिक योग्यताको आधारमा २० लाख रुपैयाँसम्म लाग्नेछ भने शैक्षिक योग्यताको आधारमा शैक्षिक प्रोत्साहन वृत्ति शीर्षकअन्तर्गत ५ लाख रुपैयाँसम्म खर्च सरकारले दिने व्यवस्था बनाइएको हो।

यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार ‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका,२०७८’ जारी गरेको हो।

बहालवाला स्थायी कर्मचारीका छोरा वा छोरी र हाल सार्वजनिक संस्थानमा नियुक्त पूर्वनिजामती कर्मचारीका सन्तानले शैक्षिक प्रोत्साहन वृत्ति पाउने व्यवस्था निर्देशिकाले गरेको छ। स्वदेशी विश्वविद्यालयका आंगिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थाको स्नातक तहको प्रथम वर्षमा अध्ययनरत निजामती कर्मचारीका सन्ततिले उक्त शैक्षिक प्रोत्साहन वृत्ति पाउनेछन्।

२० लाखसम्म पढाइ खर्च लाग्नेमा सरकारले ५ लाख प्रोत्साहन वृत्ति, १५ लाखदेखि २० लाखसम्म खर्च लाग्नेमा ४ लाख, १० देखि १५ लाखसम्म खर्च लाग्नेमा ३ लाख, ५ देखि १० लाखसम्म खर्च लाग्नेमा २ लाख खर्च र १ देखि ५ लाखसम्म पढाइ खर्च लाग्नेलाई १ लाख रुपैयाँ तथा लाखभन्दा कम खर्च शिक्षण शुल्कका आधारमा प्रोत्साहन स्वरूप रकम दिने व्यवस्था गरिएको छ।

शैक्षिक प्रोत्साहन वृत्तिका लागि निजामती सेवाको संघीय कानुनमा भएको समावेशी प्रतिशतकै आधारमा कोटा निर्धारण गरिने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

निर्देशिका

https://drive.google.com/file/d/1xHdjzbSRjtxyY3WWpBcp5jD2aQOpIt0B/view

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार