नेपाल दलित संघको महाधिवेशन स्थगित

नेपाल दलित संघको महाधिवेशन स्थगित

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको महाधिवेशन पुन: स्थगित भएको छ । यहि चैत ७ देखि ९ गतेसम्म बुटबलमा हुने गरी तय भएको महाधिवेशन स्थगित भएको हो ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टी चुनावी प्रचार अभियानमा रहेकाले स्थगित गरिएको नेपाल दलित संघका संयोजक शम्भु हजारा पासवानले जानकारी दिनुभयो ।

२०७३ सालमा हुनुपर्ने संघको महाधिवेशन हालसम्म सर्दै आएको छ। २०७३ सालमै सबै जिल्लाको अधिवेशन भने सकिसकेको थियो ।

संघको अध्यक्ष पदका लागि सभापति शेरबहादुर देउवा पक्षबाट शम्भु हजारा पासवान, लोकेन्द्र विक, रामकृष्ण लकान्द्री, क्षेत्रसिंह टेलरलगायत आकांक्षी रहेका छन । संस्थापनइतरबाट अध्यक्षमा डोबाटे विश्वकर्मा, मुक्त महते, शिव सुनार र कृष्ण बिके रसाइलीले दाबी गर्दै आएका छन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार