रुकुम पश्चिममा ६७७ म्यादी प्रहरी भर्ना गरिदै

चैत ६–११ सम्म आवेदन दिन सकिने

रुकुम पश्चिममा ६७७ म्यादी प्रहरी भर्ना गरिदै

चैत ६–११ सम्म आवेदन दिन सकिने

मुसीकोट । रुकुम पश्चिममा म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको छ । २०७९ बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि चैत ६–११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दर्खास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

रुकुम पश्चिमका लागि ६७७ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख एवं प्रहरी नायब उपरिक्षक ध्रुबकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले दर्खास्त दिन सक्नेछन ।

छनोट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुने र नतिजा २२ चैतसम्म प्रकाशन गरिने प्रहरी नायब उपरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

विशेषगरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा दिईने जनाएको छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।

पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नवापत ७ हजार २००, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार