थप १७ जनामा कोरोना संक्रमण पुष्टि

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ५४३ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा १७ जनाको नतिजा पोजिटिभ आएको हो । एक हजार ९९३ नमुनाको पीसीआर परीक्षण गर्दा आठ र दुई हजार ५५० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा नौजनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४९० जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६२ हजार ५८२ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या तीन हजार ५९५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार