वाइसीएल मुसीकोटको अध्यक्षमा राजु विक चयन

वाइसीएल मुसीकोटको अध्यक्षमा राजु विक चयन

मुसीकोट । नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालको मुसीकोट नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ ।

शनिबार सहिद प्रतिष्ठानको हल सेरीगाउँमा भएको भेलाले राजु विकको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटि चयन गरेको हो ।

जसको उपाध्यक्षमा विष्णु रेउले, मिनकुमार खड्का र झकेन्द्र केसी चयन हुनुभएको छ ।

सचिवमा लोकेन्द्र कठायत, सह-सचिवमा प्रविन ओली, रमेश आग्री, डिल्ली सन्यासी, मनबहादुर गिरी, गणेश ओली, खिमबहाुर घर्ती र टोपिलाल केसी चयन हुनुभएको छ ।

नगर कमिटिको कोषाध्यक्ष र ५ जना सदस्य पहिलो बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष विकले जानकारी दिनुभयो ।

यस्तै अनुशासन आयोगमा टिकाराम विष्ट र लेखा आयोगमा संगम पुनलाई चयन गरिएको छ ।

सम्मेलनमा माओवादी केन्द्रका नेता राजकुमार शर्मा, वसन्तकुमार शर्मा, वाइसीएलका कर्णाली प्रदेश सहसंयोजक शैलेशकुमार शर्मा, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका लगायतको आतिथ्यता रहेको थियो ।

नगर इन्चार्ज डम्मर थापाको अध्यक्षतामा भएको भेलाको सञ्चालन राजु विकले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार