मानव अधिकार रिपोर्टिङ संयन्त्र र नागरिक समाजको भुमिका सम्बन्धि तालिम

मानव अधिकार रिपोर्टिङ संयन्त्र र नागरिक समाजको भुमिका सम्बन्धि तालिम

मुसीकोट । रुकुम पश्चिममा मानव अधिकार रिर्पोटिङ संयन्त्र र नागरिक समाजको भुमिका सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेसको आयोजनामा खंलगामा तालिम संचालन भएको हो ।

दुई दिनसम्म सञ्चालन भएको तालिमको सहजिकरण अधिवक्ता गणेश हमालले गर्नुभएको थियो ।

तालिममा मानव अधिकारका आधारभूत पक्षहरु, मौलिक हक, कानुनि हक, न्याय प्रणाली, मौलिक कर्तव्य, मानव अधिकार संरक्षणका लागि स्थानीय तहको भूमिका, मानव अधिकार उल्लंघन भएमा हुने कानुनी कारवाही लगायत विषयमा प्रशिक्षण दिईएको हरप्लेसका जिल्ला अधिकृत माया बोहोराले जानकारी दिनुभयो ।

तालिममा पत्रकार, मानव अधिकारकर्मी, विभिन्न संघ संस्थामा कार्यरत प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिममा २० जनाको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार