मेरो माइक्रोफाइनान्सले दुई दिवसीय शाखा प्रबन्धहरुको समिक्षा गोष्ठी चितवनमा सम्पन्न गरेको छ । संस्थाका केन्द्रीय कार्यालयका नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल लगायत अनुगमन कार्यालय र शाखा प्रबन्ध गरी १९० जना कर्मचारीहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको जनाएको छ ।
संस्थाका विभागीय प्रमुखहरुले सहजिकरण गरेको उक्त गोष्ठीमा अनुगमन अधिकृतहरुले शाखा प्रवन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या , चुनौती तथा रणनीतिहरुको बारेमा योजना प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगती प्राप्ती गर्ने प्रतिवद्धता जनाएका थिए ।
अर्का प्रशिक्षक जीवन विज्ञानका विशेषज्ञ एल पि भानु शर्माले मानव जिवनलाई बाच्नका लागी आत्म शान्ति अत्यन्त जरुरी रहेको बताएका थिए । त्यसैले खुशीले बाँच्नुस्, हाँस्नुस् र रमाउनुस्, योग, ध्यानमा केही समय खर्चनुस् । जसले कार्य सम्पादनमा निखार तथा सुधार ल्याउछ र सेवा प्रवाहको गुणस्तरमा वृद्धि हुने बताए ।
समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले विगतको असहज परिस्थितिको सामनाबाट टाढा भएता पनि प्रतिस्पर्धी बाताबरणमा दिगो र गुणात्मक सेवा प्रवाह गर्न कर्मचारीहरुको महत्त्वपूर्ण जिम्मेवारी रहने भएकोले रतिभर बिचलित नभइ अघि बढ्न आह्वान गरे ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड देशको ६४ जिल्लामा १५० शाखा सञ्जालमार्फत करिब एक लाख ८० हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पर्याइरहेको छ ।