उम्मेदवार बन्नुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता रोक्न अन्तरिम आदेश

उम्मेदवार बन्नुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता रोक्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले आसन्न स्थानीय चुनावमा उम्मेदवार हुने जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसिंहता तत्काल कार्यान्वयन नगर्न अन्तरिम अन्तरकालीन आदेश जारी गरेको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आज कारण देखाउसहित सो आदेश जारी गरेको हो ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तत्काल कार्यान्वयन नगर्न भनेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार