अकोराबको १६ औं साधारणसभा नेपालगञ्जमा हुँदै

अकोराबको १६ औं साधारणसभा नेपालगञ्जमा हुँदै

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १६ औं वाषिर्क साधारण सभा लुम्बिनी प्रदेशको बाँकेमा आजदेखि सुरु हुँदै छ ।

अकोराबको २२ औं स्थापना दिवसको अवसर पारेर बाँकेको नेपालगञ्जमा आयोजित सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन तथा साधारण सभा दुई दिनसम्म चल्ने छ ।

अकोराबका अध्यक्ष अर्जुन गिरीले सम्मेलनले सामुदायिक रेडियोहरूको अबको कार्यदिशा तय गर्ने र त्यसबाट सामुदायिक रेडियोहरुलाई थप बलियो बनाउन मद्दत पुग्ने बताए ।
साधारण सभा र राष्ट्रिय सम्मेलनमा सहभागी हुन देशभरका तीन सय ६१ सामुदायिक रेडियोका प्रतिनिधिहरु नेपालगञ्जमा भेला भएका छन् ।

सामुदायिक रेडियोहरुको हक, हित र अधिकारका लागि २०५७ चैत ९ गते अकोराब स्थापना गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार