२५ डीएसपीको सरुवा, रुकुम पश्चिममा विष्णु सोती र पूर्वमा प्रकाश डाँगी

२५ डीएसपीको सरुवा, रुकुम पश्चिममा विष्णु सोती र पूर्वमा प्रकाश डाँगी

मुसीकोट । प्रहरी प्रधान कार्यालय, नक्सालले ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ ।

कार्यालयले मंगलवार २५ डीएसपीहरूलाई काज खटाएको हो। काज सरुवामार्फत १० वटा जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय, म्याग्दीको प्रमुखको जिम्मेवारी तिलक भारतीलाई दिइएको छ, सोलुखुम्बुमा सुनिलजंग शाह पठाइएका छन् ।

ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुम पश्चिममा विष्णु प्रसाद सोती र पूर्वी रुकुममा प्रकाश डाँगीलाई पठाइएको छ भने रुकुम पश्चिमका ध्रुबकुमार श्रेष्ठको काठमाडौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगंज र रुकुम पूर्वका गणेशबहादुर श्रेष्ठको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सुरुवा भएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलामा प्रतिक विष्ट, हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौला र मनाङमा प्रेम सागर केसीलाई काजमा खटाइएको छ ।

कसलाई कहाँ खटाइयो ?

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार