तरुण दल मुसीकोटको संयोजकमा कालिबहादुर महतारा

तरुण दल मुसीकोटको संयोजकमा कालिबहादुर महतारा

मुसीकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मुसीकोट नगरपालिकाको संयोजकमा कालिबहादुर महतारा चयन हुुनुभएको छ ।

शनिबार खलंगामा भएको नेपाल तरुण दलको दोस्रो नगर सम्मेलनले महताराको संयोजकत्वमा १६१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको नेपाली काँग्रेस मुसिकोटका नगर सचिव सुर्यप्रकाश शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन परिचालन समितिमा १५ जना उप-संयोजक रहने छन् ।

नगरपालिकाका १४ वटै वडाबाट एक/एक जना र थप एक जना गरी १५ जना उप-संयोजक बनाईएको नगर सचिब शर्माले जानकारी दिनुभयो ।

उद्घाटन सत्र समापन भएपछि बन्दसत्र भने पार्टी कार्यालयमा संचालन भएको थियो ।

नेपाली काँग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकायले शनिबार सम्मेलनको उद्घाट गर्नुभएको थियो । सम्मेलन उद्घाटन पूर्व खलंगाको बराहटाकुराबाट साँख सम्म मोटरसाईकल र्याली निकालिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र ‘क’ का सभापति महेन्द्र केसी, महाधिवेशन प्रतिनिधि गोर्खबहादुर खत्री, यज्ञ परियार, निर्मला गिरी र बालकुमारी गिरी, नेपाली काँग्रेस रुकुम पश्चिमका कोषाध्यक्ष मोहविर खड्का, सचिब  परमेश्वर भण्डारी, सह-सचिब यज्ञ बिष्ट, नेपाल तरुण दलका जिल्ला अध्यक्ष लोकेन्द्र केसी, नगर सभापति प्रेमबहादुर ओली, नेता दिनेश खड्का लगायतको आथित्यता रहेको थियो ।

तरुण दल मुसीकोटका अध्यक्ष कालिबहादुर महताराको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन नगर सचिव सुर्यप्रकाश शर्मा गर्नुभएको थियो ।

नगर सम्मेलनमा नगरपालिकाका १४ वटै वडाका सभापति, तरुण दलका सभापति र कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार