त्रिवेणी ६ मा भैंसी वितरण

त्रिवेणी ६ मा भैंसी वितरण

मुसीकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का किसानलाई भैंसी वितरण गरिएको छ । कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको एक पालिका एक उत्पादन विशेष कार्यक्रम अन्तरगत भैसी बितरण गरिएको हो ।

त्रिवेणी नमुना भैंसी पालन उपभोक्ता समितिका कोषाध्यक्ष केशवबहादुर केसीका अनुसार किसानलाई १० वटा भैंसी वितरण गरिएको हो । शनिबार वडा अध्यक्ष राजेन्द्र पुनले किसानलाई भैसी हस्तान्तरण गर्नुभएको हो ।

त्रिवेणी नुमना भैंसी पालन उपभोक्ता समिति र पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमको सम्झौतामा किसानको आधा लगानीमा भैंसी खरिद गरि ल्याईएको कोषाध्यक्ष केसीले बताउनुभयो ।

उहाँका अुनसार किसानको १० लाख र प्रदेश सरकारको १० लाख गरि २० लाखमा भैंसी खरिद गरिएको हो । उक्त भैंसी मुर्रा जातको रहेको बताईएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार