वाइसीएल बाँफिकोटको अध्यक्षमा भुवन रसाइली चयन

वाइसीएल बाँफिकोटको अध्यक्षमा भुवन रसाइली चयन

मुसीकोट । नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा भुवन रसाइली चयन हुनुभएको छ ।

आइतबार छिन्खेतमा भएको वाइसिएलको दोस्रो गाउँ सम्मेलनले रसाइलीको अध्यक्षतामा ८१ सदस्यीय गाउँपालिका समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा विनोद कुसारी, भुवन कुसारी, हस्तबहादुर गुरुङ, काँसी चन्द, भरत खत्री, लालबहादुर केसी र रिता विसी चयन भएका छन् । सचिवमा खम्बु खत्री, सह सचिव दिलिप ओली, भरत विक, पोषण मल्ल, लक्ष्मी विक, शुशिल घर्ती, हर्कविर दाहाल, मोहन बुढाथोकी र कोषाध्यक्षमा कल्पना चन्द चयन हुनुभएको छ ।

वाइसीएल इन्चार्जमा सौरभ केसी र सह इन्चार्जमा हर्क विकलाई तोकिएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार शर्मा, महेन्द्र केसी, जिल्ला संयोजक गोबिन्द रोका, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य धर्मबहादुर केसी, वाइसीएल कर्णाली प्रदेश सह-संयोजक शैलेश शर्मा, बाँफिकोट गाउँपालिका पार्टी अध्यक्ष चन्द्र बहादुर केसी लगायतको आथित्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार