वाइसिएल परित्याग गरि चार जना युवा काँग्रेसमा प्रवेश

वाइसिएल परित्याग गरि चार जना युवा काँग्रेसमा प्रवेश

मुसीकोट । मुसिकोटमा चार जना युवाहरुले नेपाली काँग्रेसमा प्रवेश गरेका छन । शनिबार मुसिकोटमा आयोजित नेपाल तरुण दलको दोस्रो नगर सम्मेलनको अवसरमा नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।

 

प्रबेश गर्नेहरुमा मुसिकोट नगरपालिका वडा नम्बर १० का वाइसिएल मुसिकोट नगर कमिटि सदस्य गोबिन्द ओली, मुसिकोट १४ का वाइसिएलका वडा सदस्य भिमलाल केसी, कमल एकान्त खड्का र प्रकाश खड्काले नेपाली काँग्रेसमा प्रबेश गरेको  काँग्रेस मुसीकोट नगर समिति सचिव सुर्य प्रकाश शर्माले जानकारी दिनुभयो ।

 

नवप्रबेसी युवाहरुलाई काँग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकाय, काँग्रेस रुकुम पश्चिमका जिल्ला कोषाध्यक्ष मोहविर खड्का, सचिब  परमेश्वर भण्डारी, प्रदेश निर्वाचन क्षेत्र ‘क’ का सभापति महेन्द्र केसी लगायतका नेताहरुले टिका तथा खादा लगाएर स्वागत गर्नुभएको बताईएको छ ।

 

यस्तै नेपाल तरुण दल मुसीकोट नगरपालिकाको संयोजकमा कालिबहादुर महतारा चयन हुुनुभएको छ । शनिबार खलंगामा भएको नेपाल तरुण दलको दोस्रो नगर सम्मेलनले महताराको संयोजकत्वमा १६१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार