काँग्रेस बैठकमा गठबन्धनबारे सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझाव पेश, बैठक भोलि पुनः बस्ने

काँग्रेस बैठकमा गठबन्धनबारे सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझाव पेश, बैठक भोलि पुनः बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्य समितिको बैठकमा स्थानीय तहको निर्वाचन र गठबन्धनका दलहरुबीचको चुनावी तालमेलका सन्दर्भमा सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझाव प्राप्त भएको छ ।

‘घर–घर जाऔं, काँग्रेस जिताऔं भन्ने अभियान सञ्चालन गर्दै आएको काँग्रेसको बैठकमा जिल्ला, प्रदेश र स्थानीय तहको परिस्थितिबारे केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

‘कुन ठाउँमा कस्तो वस्तुस्थिति छ, त्यसका आधारमा कहाँ तालमेल गर्ने र कहाँ नगर्ने त्यसको निर्कियाैंल गर्ने र समग्रमा पार्टीलाई कसरी मजबुत बनाउने भन्ने विषयमा समग्ररुपमा समीक्षा एवम् मूल्याङ्कन भयो, उहाँ बताउनुहुन्छ ।

अधिकांश मत तालमेल, समझदारी र गठबन्धन गरेर जाने भन्ने रहेको र कतिपय मत गठबन्धन नगरी एक्लै पार्टीलाई परीक्षण गर्नुपर्छ भन्ने पनि रहेको उहाँको भनाई छ । संविधानको मूल्य र मान्यता कमजोर बनाउने विशिष्ट परिस्थितीमा गठबन्धनको निर्माण भएकोले यसलाई अगाडि बढाउदा नै जित्ने स्थिति बन्ने उहाँले बताउनुभयो ।

काँग्रेस केन्द्रीय कार्या समितिको भोलि पुनः मंगलबार दिउँसो ३ बजे बस्ने बैठकले यसबारे निर्णय गर्ने उहाँले भन्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार