निर्वाचन चिन्ह अंकित पहिरन उत्पादन ,प्रयोग, बिक्री, प्रदर्शन गर्न प्रतिबन्ध

निर्वाचन चिन्ह अंकित पहिरन उत्पादन ,प्रयोग, बिक्री, प्रदर्शन गर्न प्रतिबन्ध

मसीकोट । चुनावमा राजनीतिक दलहरुले चुनाव चिन्ह अंकित विभिन्न सांकेतिक सामाग्रीहरु उत्पादन तथा प्रदर्शन गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता, २०७८ अनुसार चुनावमा राजनीतिक दलहरुले चुनाव चिन्ह अंकित सांकेतिक सामग्री उत्पादन गरेर प्रदर्शन गर्न नपाइने भएका हुन् ।

बिहिबार निर्वाचन आचारसंहिता पालना गर्ने गराउने सम्बन्धि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले एक सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेद्वारा जारी सूचना अनुसार निर्वाचन अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याज र ट्याटु जस्ता सामग्री उत्पादन गर्न, प्रयोग गर्न, प्रर्दशन गर्न, विक्रि वितरण गर्न, गराउन पाइने छैन ।

निर्वाचन आंचारसहित २०७८ को दफा ४ (घ) मा व्यवस्था भए बमोजिम माथी उल्लेखित कार्यहरु राजनीतिक दलले गर्न नपाइने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार