शनिबार दिउँसो सत्ता गठबन्धनमा रहेका रुकुमका दलहरुको सयुँक्त बैठक बस्दै, होला त चुनावी गठबन्धन ?

शनिबार दिउँसो सत्ता गठबन्धनमा रहेका रुकुमका दलहरुको सयुँक्त बैठक बस्दै, होला त चुनावी गठबन्धन ?

मुसिकाेट । सत्तारुढ दलहरु बिच शनिबार रुकुम पश्चिममा बैठक बस्दैछ । सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी र नेकपा (एकिकृत समाजवादी) बिच बैठक बस्न लागेको हो । नेपाली काँग्रेस रुकुम पश्चिमले बैठककाे आयोजना गरेको जनाईएको छ ।

शनिबार दिउँसो मुसिकोट नगरपालिका स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा बैठक बस्न लागेको हो । बैठक आसन्न स्थानीय तहको चुनावमा केन्द्रित हुने बताईएको छ ।
चुनावमा तीन दल बिच चुनावी गठबन्धनको बिषयमा छलफल हुने नेपाली काँग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारीले जानकारी दिनुभयो । यहाँका साथै चुनावलाई मर्यादित, भयरहित र शान्तिपूर्ण बनाउन दलहरुले खेल्ने भूमिकाको बिषयमा पनि छलफल हुनेछ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार