मुसिकोटमा दुई दिने खोज पत्रकारिता तालिम सम्पन्न

मुसिकोटमा दुई दिने खोज पत्रकारिता तालिम सम्पन्न

मुसिकोट । रुकुम पश्चिममा खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । जिल्लाका क्रियाशिल पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघ रुकुम शाखाको आयोजना र मुसिकोट नगरपालिकाको आर्थिक सहयोगमा भएको दुई दिने खोज पत्रकारिता तालिम शनिवार सम्पन्न भएको हो ।

शुक्रबार र शनिबार जिल्ला सदरमुकाम खलंगामा चलेको उक्त तालिममा जिल्लाका २८ जना पत्रकारहरुको उपस्थिति रहेको थियो । तालिमलाई वरिष्ठ पत्रकार बाबुराम विश्वकर्माले सहजिकरण गर्नुभएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका नगर प्रमुख देविलाल गौतमले समाजमा भइरहेका गतिविधिलाई बाहिर ल्याउनमा पत्रकारहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो। उहाँले पत्रकारले सत्यतथ्य घटनालाई कसैको प्रभावमा नपरी लेख्नुपर्ने उल्लेख गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले पत्रकारहरुले समाजमा लुकेका कुराहरुलाई सवैसामु प्रष्ट पार्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष लक्ष्मण केसीको अध्यक्षता र सचिव हिरा परियारको संचालनमा भएको समापन कार्यक्रममा मुसिकोट नगर प्रमुख देविलाल गौतमको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी परामानन्द घिमिरको विशेष आतिथ्यता र मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुनको अतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार