नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति रुकुम पश्चिमको अध्यक्षमा खत्री

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति रुकुम पश्चिमको अध्यक्षमा खत्री

मुसीकोट । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति रुकुम पश्चिमको अध्यक्षमा तेजबहादुर खत्री चयन हुनु भएको छ । शनिबार सहिद स्मृति प्रतिष्ठान सेरीगाउँमा भएको संगठनको चौथो जिल्ला अधिबेशनबाट  सर्वसम्मत खत्री चयन हुनु भएको हो ।

संगठनको उपाध्यक्षमा यमा केसी, भूपेन्द्र पुन, जयबहादुर बुढा, प्रवेश परियार, सचिवमा जनक खड्का, सह सचिवमा अनिल केसी र कोषाध्यक्षमा चाँदनी महतारा चयन भएका छन् । सम्मेलनले ३५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

यस्तै नेपाल राष्ट्रिय कर्मचारी महासंघ रुकुम पश्चिमको अध्यक्षमा चिताराम खड्का चयन हुनु भएको छ । संगठनको चौथो जिल्ला अधिबेशनबाट खड्काको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा मिना शर्मा, सरस्वती सापकोटा, कृष्ण शर्मा, समिर गौतम सचिवमा मानबहादुर बटाला, सह-सचिवमा कमल पुन र कोषाध्यक्षमा खिमबहादुर ओली चयन हुनुभएको छ ।

यस्तै नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन रुकुम पश्चिमको अध्यक्षमा डिल्लीराज बोहोरा चयन हुनु भएको छ । ३५ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिल केसी, कर्णविर केसी, रामबहादुर सुनार, सुमित्रा रोकाय, सचिवमा दिनेश विष्ट, सह सचिवमा धनन्जय विष्ट र कोषाध्यक्षमा हिरा पुन चयन हुनुभएको छ ।

तेजबहादुर खत्रीको अध्यक्षतामा भएको अधिबेशनको सञ्चालन इश्वर रावलले गर्नुभएको थियो । अधिबेशनमा नेकपा माओवादीका केन्द्रीय सदस्य राजकुमार शर्माको प्रमुख र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका केन्द्रीय अध्यक्ष हरि रावल, माओवादीका केन्द्रीय सदस्य वसन्तकुमार शर्मा, लक्ष्मी पुन, जिल्ला संयोजक गोविन्द रोका, कर्मचारी संगठनका सचिव शेरबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार