रुकुम पश्चिमका काँग्रेस जिल्ला सभापतिलाई एक कार्यकर्ताको खुल्ला पत्र

रुकुम पश्चिमका काँग्रेस जिल्ला सभापतिलाई एक कार्यकर्ताको खुल्ला पत्र

मिति २०७८ चैत २०

श्रीमान् सभापति ज्यु
नेपालि कांग्रेस रुकुम

बिषय :- नेपालि काँग्रेस रुकुमको अस्थित्व जोगाइदिनुहुन ।

महोदय ,
नेपालि काँग्रेस नेपाली जनता को मनमुटुमा बस्न सफल लोकप्रिय पार्टी हो । देशमा कम्युनिस्टहरु दुइ तिहाइ नजिक हुदा पनि देश चलाउन नसकेर कांग्रेस को हातमा सुम्पिएकोले गर्दा अब नेपालि जनताले कम्युनिस्टहरु बाट विकासको आशा मारिसकेका छन् र अब देश चलाउने साचो नेपालि कांग्रेस लाइ सुम्पिने निश्चितनै छ । केहि हाम्रा नेताहरुको स्वार्थका कारण अहिले देशको राजनीतिक अवस्था निकै गम्भीर मोडमा पुगेको कुरा यहालाई अबगतनै होला ।

देशलाइ सम्बृद बनाउने नाराका साथ् दुइतिहाई नजिक पुगेका कम्युनिष्टले बिकाशको सट्टा अल्पमतमा रहेको हाम्रो पार्टीलाई आत्मसमर्थन गरेर साचो सुम्पिएको र फुटेर दश चिरा भएका कम्युनिष्टको ब्यबहार बाट नेपालि जनतामा पर्न गएको निराशा नै कांग्रेस को जितको प्रमुख आधार हो । बलियो जनमत र जितको निश्चितता हुदाहुदै पनि कांग्रेस केन्द्रले कुनैपनि सिध्दान्त नमिल्ने कम्युनिस्ट पार्टी हरुसग तालमेल गर्नु दुर्भाग्य हो ।

रुकुममा नेपालि कांग्रेसको जनमत राम्रो छ । रुकुममा रहेको पुरै कांग्रेसी जनमत भनेको रुकुममा माओबादीको एकाधिकार, भ्रस्टाचार, दादागिरीले थिचोलिएका पिल्सिएका जनता हुन् । रुकुमको कांग्रेस जनताको मनोभावना बिपरित रुकुममा गठबन्दन स्वीकार्य हुनेछैन । रुकुम जिल्लामा कांग्रेस एक्लै चुनाबी मैदानमा जानुपर्दछ । स्वार्थको लागि रुकुममा पनि कुनै एक दुइ पालिका हात पार्ने निहुमा माओबादी सगको गठबन्धन रुकुमेली जनतालाई कुनैपनि हालतमा स्वीकार्य हुने छैन ।

रुकुमेली कांग्रेस भनेका माओबादी द्वारा पिल्सिएका,माओबादीको दबाब, दादागिरी र एकाधिकार बाट वाक्क भएका छन् । रुकुममा कांग्रेसको जनमत बढ्दो छ भने माओबादीको उपस्थिति बिस्तारै खस्किदो छ । करिब कम्युनिस्टको हाराहारीमा रहेको जनताको भावनाको कदर गर्नलाई पनि रुकुममा कांग्रेस ले माओबादी साग गठबन्धन गर्नु हुदैन, चुनाबमा जित्नै पर्छ भन्ने केहि छैन सम्मानजनक उपस्थिति हुनु पनि गर्भको कुरा हो ।

सभापति ज्यु ,
१. कसरि हात मिलाउन सक्नु हुन्छ स्व. हरिभक्त ओली, लोकेन्द्र बटाला र गणेश शाह सिध्याउन योजना बनाउने सग ?
२. कसरि हात मिलाउन सक्नु हुन्छ युद्ध को नाममा गरिब जनताका गास बास खोस्नेसग ?
३. कसरि हात मिलाउन सक्नुहुन्छ खोजीखोजी कांगेस माथि ढुंगामुडा र खुकुरी प्रहार गर्ने सग ? कांग्रेस सिध्याउनलाई क्याम्प खडा गरि बस्ने सग ?
४. कसरि हात मिलाउन सक्नुहुन्छ बिकाशको नाममा भ्रस्टाचार गरि अकुत सम्पति कमाउने सग ?

अबको बाटो,
१. यदि रुकुम कांग्रेस पनि माओबादीको पाउ पर्न गयो भने कांग्रेस रुकुमको लागि त्यो भन्दा ठुलो दुर्भाग्य कुनै हुने छैन ।
२. चुनाबी तालमेल हुने भयो भने माओबादी कांग्रेस र स्वतन्त्र कांग्रेस गरि रुकुममा दुइ कांग्रेस हुनेछन यो सारै अप्रिय घटना हो ्र
३. तालमेल वाला माओबादी कांग्रेस एक दुइ सिट को लागि बार्गेनिंग गरि पदमा पुग्नेछन तर कहिल्यै सन्तुस्ट हुने छैनन् किनकि सधै माओबादीको अधिनमा र हेपाइमा बस्नु पर्ने छ ।
४. स्वतन्त्र कांग्रेस को जनताको मतको कदर गर्न र माओबादीलाई समर्थन नजनाउनको लागि स्वतन्त्र उम्मेद्वारी दिने छन् भने कतै एमालेसग तालमेल गर्ने छन ।

सभापतिज्यु ,
यी माथी उल्लेखित जुन कुरा भए पनि कांग्रेस रुकुमलाइ ठुलो क्षति पुग्छ नै । कृपया जसरि हुन्छ रुकुम कांग्रेस लाइ दुर्घटना बाट बचाउनु हुन र रुकुमेली जनताको मनोभावना को कदर गरि दिनुहुन बिनम्र अनुरोध गर्दछु ।
सम्मान जनक उपस्थिति नै जित हो पिडित र पिल्सिएका जनताले आफ्नो चुनाब चिन्ह मा भोट हाल्ने अधिकार लाइ बन्चित गराउने अप्रिय निर्णय नगर्नु होला भन्ने अपेक्षा ब्यक्त गर्दछु । जय नेपाल ।

– डिबी केसी
आठबिसकोट नगरपालिका –९ रुकुम (पश्चिम)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार