आउँदो निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्छ : नेता शशांक

आउँदो निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्छ : नेता शशांक

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा भरसक कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भएको छ ।

शनिबार नेविसंघ इलाम–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले कांग्रेसले देश र जनताका लागि गरेको योगदानको वास्तविक परीक्षण गर्न पनि एक्लै प्रतिस्पर्धामा जानुपर्नेमा जोड दिनुभयो ।

सत्ता गठबन्धनबीच निर्वाचनमा तालमेल नभए नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सहकार्य हुन सक्ने खतरा रहेको पार्टी सभापतिको चिन्ता स्वाभाविक रहेको उहाँले बताउभुयो ।

उहाँले मुलुकको निर्वाचन खर्च महँगो हुँदै गएको पनि बताउनुभयो ।  यसअघि आफ्नो चुनावी खर्च नै ६ करोड रुपैयाँ भएको भन्दै खर्च घट्नुपर्ने मान्यता रहेको धारणा राख्नुभयो ।

अब निर्वाचन जित्न कम्तीमा छ/सात करोड खर्च गर्नुपर्ने देखिएकाले आफ्नो क्षेत्र नवलपरासीमा कांग्रेसका अरू कसैले निर्वाचन लड्न चाहेमा छाड्न तयार रहेको उहाँको भनाइ थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार