वडादेखि समन्वय समितिसम्म तालमेल गर्ने निर्णय

वडादेखि समन्वय समितिसम्म तालमेल गर्ने निर्णय

सत्तारूढ गठबन्धनमा रहेका दलहरूले भोजपुरमा स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन्। वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा वडादेखि पालिकासम्म तालमेल गरेर जाने निर्णय उनीहरूले गरेका छन्।

साथै जिल्ला समन्वय समितिमा पनि तालमेल गर्ने उनीहरूको निर्णय छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजावादी र जसपाका केन्द्रीय सदस्यहरूसहित जिल्ला नेताहरूको बैठकले चुनावी तालमेलको निर्णय गरेका हुन्।

शनिबार बैठक बसेर उनीहरूले भोजपुर जिल्ला समन्वय समिति, ९ स्थानीय तह र ८१ वडामा चुनावी तालमेल गर्ने निर्णय गरेका हुन्।

बैठकपछि नेताहरूले संयुक्त विज्ञप्ति पनि जारी गरेका थिए। सोमबार सबै स्थानीय तहको बैठक बसेर कुन दलको कस्तो अवस्था छ भन्नेबारे प्रतिवेदन संयन्त्रलाई बुझाउने तयारी पनि छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार