स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अनलाइनबाट

स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अनलाइनबाट

बीमितहरुले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट नवीकरण गर्न मिल्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले अनलाइनबाट नवीकरण प्रणाली उद्घाटन गर्नुभएको छ ।

यसअन्तर्गत अब स्वास्थ्य बीमा बोर्डमार्फत बीमितहरुले कनेक्टआईपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्नसक्ने बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीले बताउनु भयो ।

सरकारले लागु गरेको उक्त बीमा योजनाअन्तर्गत प्रत्येक बीमित नेपाली परिवारले १ लाखसम्मको बीमा सुविधा प्राप्त गर्दै आएको छ । यस अन्तर्गत हालसम्म ५३ लाख बढी लाभग्राही रहेको बोर्डले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार