बाँफिकोटको अध्यक्षका लागि काँग्रेसबाट जनक र उपाध्यक्षमा नन्दाको नाम सिफारिस

बाँफिकोटको अध्यक्षका लागि काँग्रेसबाट जनक र उपाध्यक्षमा नन्दाको नाम सिफारिस

जनक कुमार बाँठामगर र नन्दा केसी नाथ

मुसीकोट । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेपाली काँग्रेस बाँफिकोट रुकुम पश्चिमले पार्टिको तर्फबाट अध्यक्षका लागि जनक कुमार बाँठामगर र उपाध्यक्षमा नन्दा केसी नाथलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गठबन्धनले भागबन्डाको टुङ्गो नलगाउँदै बाफिकोट काङ्ग्रेसले अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको हो ।

सोमबार नेपाली काँग्रेस बाँफिकोट गाउँ कार्यसमितिको छिन्खेतमा सम्पन्न बैठकले अध्यक्षमा जनक कुमार बाँठामगर सहित उपाध्यक्षमा नन्दा केसी नाथलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका वडा नम्बर २ का सभापति प्रकाश खत्रीले जानकारी दिनुभयो ।

दुबै जनाको नाम आजै जिल्ला कार्यसमितिमा सिफारिस गरिएको छ । वडा अध्यक्ष र सदस्यको भने केहि दिनमा सर्वसम्मत निर्णय गरेर सिफारिस गरिने बताइएको छ ।

अध्यक्षमा सिफारिस भएका बाँठामगर हाल नेपाली काँग्रेस बाँफिकोट गाउँपालिकाको सभापति हुनुहुन्छ भने केसी नेपाल महिला संघ बाँफिकोटको सभापति हुनुहुन्छ ।

बाँठामगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले सँग गठबन्धन गरे कांग्रेसका तर्फबाट अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । उहाँ माओवादी केन्द्रका धर्मबहादुर केसीसँग पराजित हुनु भएको थियो ।

बैठकमा नेपाली कांग्रेसका जिल्ला उप-सभापति हर्कसिङ खत्री, महाधिबेशन प्रतिनिध ओपेन्द्र मल्ल, नेताहरु खम्मु मल्ल, नरजित बस्नेत, जिल्ला कार्यसमिति सदस्य गणेश चन्द, १० वटै वडा सभापतिहरु, पार्टिका भातृ सङ्गठनका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार