कांग्रेसबाट सानीभेरीको अध्यक्षमा गोरख प्रसाद चन्द सर्वसम्मत

कांग्रेसबाट सानीभेरीको अध्यक्षमा गोरख प्रसाद चन्द सर्वसम्मत

गोरख प्रसाद चन्द

मुसीकोट । बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेपाली काँग्रेस सानीभेरी गाउँपालिका रुकुम पश्चिमले पार्टिको तर्फबाट अध्यक्षका लागि गोरख प्रसाद चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सता गठबन्धनले भागबन्डाको टुङ्गो नलगाउँदै नेपाली कांग्रेस सानीभेरी गाँउकार्यसमितिले अध्यक्षको उम्मेदवार टुङ्गो लगाएको हो ।

बुधबार नेपाली काँग्रेस सानीभेरी गाउँ कार्यसमितिको सिम्लीमा सम्पन्न बैठकले अध्यक्षमा गोरख प्रसाद चन्दलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको नेपाली कांग्रेस सानीभेरी गाउँपालिका सभापति सन्तोष रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यको बारेमा पुन बैशाख ५ गते बस्ने पार्टिको गाउँ कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णय गरिने छ ।

सानीभेरी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका युवा नेता चन्द नेपाली काँग्रेसको पूर्व महाधिबेशन प्रतिनिधि हुनुहुन्छ । उहाँले २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस पार्टिको तर्फबाट अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । उहाँ माओवादी केन्द्रका नरबहादुर पुनसँग पराजित हुनु भएको थियो ।

बैठकमा नेपाली काँग्रेसका प्रदेश कार्यसमिति सदस्य रिपबहादुर ओली, नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष लालबहादुर ओली, प्रदेश सभा कार्य समिति उपसभापति कमलजंग बिक, सचिव इन्द्र बहादुर खड्का, प्रदेश महाधिवेशन प्रतिनिधि कर्ण डाँगी र बलबहादुर बिक, तरुण दल सानीभेरीका अध्यक्ष दिर्घ गहतराज, वडा सभापतिहरु, अगुवा कार्यकर्ताहरु लगायतको आथित्यता रहेको थियो ।

यस्तै सोमबार नेपाली काँग्रेस बाँफिकोटले पनि पार्टिको तर्फबाट अध्यक्षका लागि जनक कुमार बाँठामगर र उपाध्यक्षमा नन्दा केसी नाथलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली काँग्रेस बाँफिकोट गाउँ कार्यसमितिको छिन्खेतमा सम्पन्न बैठकले अध्यक्षमा जनक कुमार बाँठामगर सहित उपाध्यक्षमा नन्दा केसी नाथलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका वडा नम्बर २ का सभापति प्रकाश खत्रीले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार