नयाँ वर्षको अवसरमा मुसीकोटमा दीप प्रज्वलन

नयाँ वर्षको अवसरमा मुसीकोटमा दीप प्रज्वलन

मुसीकोट । रुकुम पश्चिमको मुसिकोटमा नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा बुधबार बेलुका कालिका मन्दिर नजिक दीप प्रज्वलन गरिएको छ ।

देशमा शान्ति समृद्धि अमनचयन कायम होस भन्ने उद्देश्यले कालिका मन्दिर नजिक ॠतु आयुर्वेद मेडिकल हलको परिसरमा दीप प्रज्वलन गरिएको हो ।

विदेशी आयातित संस्कृतिलाई हटाउदै नेपाली संस्कृतिलाई जगेर्ना र संरक्षण गर्ने‚ नयाँ पिडिलाई जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम गरिएको आयुर्वेद औषधि व्यावसायिक संघ कर्णाली प्रदेशका सचिव एवं ॠतु आयुर्वेद मेडिकल हलका सञ्चालक थानेस्वर अधिकारले जानकारी दिनुभयो।

कार्यक्रममा नव वर्ष २०७९ को पावन अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो।

 

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार