बाँफिकोटको अध्यक्षमा कांग्रेसबाट जनक र उपाध्यक्षमा नन्दाको मनोनयन दर्ता

बाँफिकोटको अध्यक्षमा कांग्रेसबाट जनक र उपाध्यक्षमा नन्दाको मनोनयन दर्ता

जनक कुमार बाँठामगर र नन्दा केसी नाथ

मुसिकोट । नेपाली कांग्रेसबाट रूकुम पश्चिमको बाँफिकोट गाउँपालिको अध्यक्षमा जनक बाँठा र उपाध्यक्षमा नन्दा केसीले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धन दलबीच सहमति नजुटेपछि कांग्रेसको तर्फबाट अध्यक्षमा जनक र उपाध्यक्षमा नन्दाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीहरूले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन ।

बाँठाले २०७४ सालको स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेका थिए । तर उक्त चुनावमा उनीले सफलता भने हात पार्न सकेनन् ।
यसैगरी माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा केसीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै नेकपा एमालेबाट गणेशबहादुर केसी र देउमी पौडेललाई उम्मेदवार बनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार