मुसिकोटमा ४ नगरप्रमुख सहित ८० जनाको उम्मेदवारी फिर्ता

मुसिकोटमा ४ नगरप्रमुख सहित ८० जनाको उम्मेदवारी फिर्ता

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ४ जना नगरप्रमुख र १ जना उपप्रमुखका उम्मेदवार सहित ८० जनाले उम्मेदवारी फिर्ता लिएका छन्

शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य सहित ८० जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत अशोक कुमार रानाले जानकारी दिनुभयो ।

नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बीरबल केसी, एमालेका तर्फबाट नगर प्रमुखका उम्मेदवार अञ्जना चन्द, राप्रपाबाट उम्मेदवारी दिनुभएका नविन मल्ल र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार दिनुभएका प्रेम बोहराले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

त्यस्तै कांग्रेसबाट उप प्रमुखमा उम्मेदवारी दिनुभएकी निर्मला गिरीले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।

अधिकृत रानाका अनुसार २५ जना वडाध्यक्ष, ११ जना महिला सदस्य, ११ जना दलित सदस्य र २८ जना खुल्ला सदस्य पदका उम्मेदवारहरुले आ-आफनो उम्मेदवारी फिर्ता लिएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार