मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ ।
जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर ८ को दलित महिला सदस्य पदको उम्मेदवार रश्मि बिक सार्की निर्विरोध निर्वाचित हुनुभएको हो ।
निर्वाचन अधिकृत द्रोणदत्त पौडेलका अनुसार वडा नम्वर ८ को दलित महिला सदस्यमा रश्मिको मात्र मनोनयन पत्र दाखिला भएकोले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँ नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएको हो ।
स्थानीय तह निर्वाचन २०७३ को दफा २५ बमोजिम उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत पौडेलेले जनाउनुभयो ।
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2022/04/279211242_5230296257021821_127847015413699751_n.jpg?resize=526%2C695&ssl=1)