मुसिकोट २ का नरिभान कांग्रेसमा फर्किए

मुसिकोट २ का नरिभान कांग्रेसमा फर्किए

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ सिस्नेखोलाका नरिभान खड्का सहित ३ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।

केही समय अघि नेपाली कांग्रेसबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएका नेपाली काँग्रेस मुसिकोट नगरपालिका वडा नम्बर २ सिस्नेखोला टोलसमितिका सभापति खड्का शनिबार नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको हो ।

उहाँका सँगै सोहि वडाका माओवादी केन्द्र परित्याग गरेर चेतना खड्का र गोविन्द विक नेपाली काँग्रेसमा प्रवेश गरेको काँग्रेस मुसीकोट नगर समिति सचिव सुर्य प्रकाश शर्माले जानकारी दिनुभयो ।

नवप्रबेसीहरुलाई नेपाली काँग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकाय, काँग्रेस नेता एवं पूर्व उद्योग राज्य मन्त्री गोपाल जि जङ्ग शाह, काँग्रेसको तर्फबाट नगर प्रमुखकका उम्मेदवार महेन्द्र केसी , काँग्रेस नेताहरु यामबहादुर केसी, लाल बहादुर महत, काशिराम खड्का लगायतका नेताहरुले टिका तथा खादा लगाएर स्वागत गर्नुभएको बताईएको छ ।

नबप्रबेशि खडकाले नेकपा माओवादी केन्द्रका नेताहरूले आफुलाई ललाई फकाई  झुक्याएर पार्टि प्रवेश गराएको भन्दै माओवादी केन्द्र जनताको पक्षका भन्दा पनि आफ्नो व्यक्तिगत फाईदाका लागि मात्रै काम गरेकाले आफूले पार्टी छोडेको बताउनु भएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार