सशस्त्रको आइजिपीमा अर्यालको नाम प्रस्ताव

सशस्त्रको आइजिपीमा अर्यालको नाम प्रस्ताव

 गृह मन्त्रालयले एआइजी राजु अर्याललाई सशस्त्र प्रहरी बलको आइजिपीमा बढुवा गर्न प्रस्ताव गरेको छ। मन्त्रालयले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) अर्याललाई प्रहरी प्रमुख (आइजिपी )मा बढुवा गर्न प्रस्ताव गरेको हो।

अर्याललाई केहीसाता अघि मात्र डिआइजीबाट एआईजीमा बढुवा गरिएको थियो।  २०५४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनी सशस्त्र प्रहरीको स्थापनासँगै त्यतातिर लागेका थिए।

सशस्त्र प्रहरी बलको प्रवक्ताको रुपमा समेत काम गरिसकेका अर्याल राम्रो सम्पर्क भएका कमाण्डरको रूपमा परिचित छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार