निर्वाचनका लागि रुकुम पश्चिममा ६९४ कर्मचारी खटिँदै

निर्वाचनका लागि रुकुम पश्चिममा ६९४ कर्मचारी खटिँदै

फाईल तस्बीर

मुसिकोट । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रुकुम पश्चिमका ६ वटा स्थानीय तहमा ६ सय ९४ जना कर्मचारी खटाउन लागिएको छ ।

आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका ७६ मतदानस्थलका १३९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत बिष्णु पौडेलले बताउनु भयो ।

५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुुई सहायक कर्मचारी खटाउन लागिएको छ । सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी खटाउन लागिएको छ ।

खटिनेहरूमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी र शिक्षक रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा बिहिबार र शुक्रबार निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ ।

यस्तै आठविसकोट नगरपालिमा खटिने कर्मचारीहरुलाई आजै नियुक्ति दिई खटाउन थालिएको छ । अन्य पालिकामा जाने कर्मचारीहरुलाई क्रमश नियुक्ति दिएर भोलि देखि मतपत्र सहित आवश्यक निर्वाचन सामग्री वितरण गरिने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार